२४ बैशाख २०८१, सोमबार
Follow Us

सर्लाहीको एक कवाडीको गोदामबाट ५३ राउण्ड गोली बरामद

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०८०, बिहीबार १३:२९

काठमाडौं । प्रहरीले सर्लाहीमा एक कवाडीको गोदामबाट ५३ राउण्ड गोली बरामद गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बिहीबार बिहान प्रहरीले बरामद गरीएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

उक्त स्थानमा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा सो स्थान खनी हेर्दा पेस्तोलमा प्रयोग हुने उक्त गोली फेला पारेको प्रहरीले जनाएको छ ।

गोली कसले कुन प्रयोजनका लागि राखेको हो भन्ने अहिलेसम्म केही खुलिनसकेको प्रहरीले जानकारी दिएको छ ।