१४ असार २०८१, बिहीबार
Follow Us

गायिका प्रीति आले बेल्जियममा सम्मानित

नेपालब्रिटेन डट कम्
६ बैशाख २०८१, बिहीबार १७:२८

लुभेन । लोकगायिका प्रीति आले बेल्जियमा सम्मानित भएकी छन् । आलेलाई बेल्जियमवासी नेपालीहरुको तर्फबाट गैरआवासीय नेपाली संघ बेल्जियमका पूर्वअध्यक्ष गंगाधार गौतमले खादा लगाएर विहिवार सम्मान गरे ।

आले बाग्लुङ समाज बेल्जियम र क्षेत्री समाज बेल्जियमद्धारा आयोजित नयां वर्ष कार्यक्रममा प्रस्तुती दिन बेल्जियम आएकी हुन् । आले आजै माल्टा प्रस्थान गरेकी छन् ।

आलेको विदाई तथा सम्मानको लागि गौतम लगायत एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्मा, चितवन सहयोग समाज बेल्जियमका अध्यक्ष ईश्वरी प्रसाद कंडेल, बाग्लुङ समाजका सचिव हरि शर्मा, सदस्य विदुर केसी, एनआरएनए बेल्जियमका सचिव संजय श्रेष्ठ, पदम गुरुङको टोली ब्रशेल्श विमानस्थल पुगेको थियो ।

यसअघि उनलाई मगर संघ बेल्जियमले समेत एक कार्यक्रमकाबीच सम्मान गरेको थियो ।