२३ बैशाख २०८१, आईतवार
Follow Us

अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने

नेपालब्रिटेन संवाददाता
१२ बैशाख २०८१, बुधबार ०४:५३

मुम्बइ । गत वर्ष एउटा खबर भाइरल भएको थियो कि आमिर खानले आफ्नो एक्टिङ्ग ब्रेक तोड्न लागेका छन् । खासमा अब उनले जोया अख्तरसँग फिल्म बनाउने भएका छन् । केही समय पछि यी समाचारहरू लुकाइएको थियो ।

तर, अब आमिर र जोयाले मिलेर चाँडै नै अर्को फिल्म बनाउने बताइएको छ । पिंकभिलाको भर्खरैको रिपोर्ट अनुसार यो जीवन शैलीको फिल्म हुनेछ। यो एक मध्यम उमेरको व्यक्तिको कथा हुनेछ।

जोयाका धेरैजसो फिल्महरू जस्तै यो पनि हलुका ड्रामा फिल्म हुनेछ । फिल्मको कथा र कन्सेप्ट तयार भइसकेको छ । त्यसलाई पटकथाको आकार दिन मात्र बाँकी छ ।