१९ जेष्ठ २०८१, शनिबार
Follow Us

एनआरएनए संस्थापक ढकाल र स्वास्थ्य मन्त्री यादवबीच भेटघाट

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०८१, शुक्रबार १८:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा सल्लाहकार चिरन्जीबी ढकाल र स्वास्थ्य मन्त्री प्रदिप यादवबीच भेटघाट भएको छ ।

नवनियुक्त मन्त्री यादवसंग शुक्रवार स्वास्थ्य मन्त्रालयमा भएको भेटमा नेपालको स्वास्थ्य सेवा र गैरआवासीय नेपालीहरुको अनुभवको बारेमा छलफल भएको थियो ।

मन्त्री यादवले गैरआवासीय नेपालीहरुको अनुभवलाई नेपालको स्वास्थ्य क्षेत्रमा सदुपयोग गर्न आग्रह गरेका थिए ।

यादवले विदेशमा रहेको स्वास्थ्य सेवाको छिट्टै अध्ययन गरेर आफ्नो कार्यकालमा नयाँ केही गरेर देखाउन प्रयत्न गर्ने बताए ।

ढकालले बेलायतको स्वास्थ्य सेवा विश्वकै उत्कृष्ट गरेको चर्चा गर्दै नेपालको स्वास्थ्य सेवा सुधारको लागि गैरआवासीय नेपालीहरुले सहयोग गर्ने बताए ।