२४ असार २०८१, आईतवार
Follow Us

एकिकृत समाजबादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल

नेपालब्रिटेन संवाददाता
२१ असार २०८१, बिहीबार १४:१७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत निर्वाचित हुनु भएको छ। पार्टीको जारी १०औँ राष्ट्रिय महाधिवेशनले आज अध्यक्षमा नेपाल र महासचिवमा भुसाललाई सर्वसम्मत चयन गरेको हो।

झलनाथ खनाल सम्मानित नेता चयन हुनुभएको छ। यी तीन पद महाधिवेशन हलले सर्वसम्मत रुपमा घोषणा गरेको हो । अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ।