१४ श्रावण २०८२, बुधबार
Follow Us

आमाको हत्या गरेर फरार साह पक्राउ

नेपालब्रिटेन संवाददाता
२५ असार २०८१, सोमबार १४:४५

प्रहरीले रौतहटबाट कर्तव्य ज्यान मुद्दाका एक फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको राजदेवी नगरपालिका १ पथरा टोल बस्ने मनोज साहलाई आइतबार बिहान पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

गत जेठ ५ गते अंशबन्डाका विषयमा आमा राधादेवी साहको हत्या गरेर फरार रहेका उनलाई प्रहरीले खोजतलास गरिरहेको थियो ।

खोजतलास गर्ने क्रममा प्रहरीले साहको परिवारसँग परामर्श गरी उनीसँग सम्पर्क गर्न सफल भएको प्रहरीले जनाएको छ । सम्पर्कपछि प्रहरीले साहलाई फरार रहेको अवस्थाको जोखिम तथा हाजिरी भई अनुसन्धानमा सहयोग गरेपछिको अवस्थाबारे कानुनी परामर्श समेत दिएको थियो ।

त्यसलगत्तै साह जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका थिए । साहलाई कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

धेरै पढिएको