लण्डन । तीन साता देखि हराएकी अमेरिकामा कार्यरत नर्स ममता काफ्लेको हत्या भएको पुष्टि भएको छ ।
पत्रकार गुणराज लुईटेलका अनुसार उनको हत्या आफ्नै श्रीमान नरेश भट्टले गरेको प्रहरीले अभियोग लगाएको छ । भट्टलाई उनीको हत्या गरेको, शवलाई एक अर्को स्थानान्तरण गरे, प्रमाण नष्ट गरेको र लासलाई वेपत्ता पारेको लगायतको आरोप प्रहरीले लगाएको छ ।
अमेरिकामा कार्यरत ममता काफ्ले वेपत्ता भएको २३ औँ आज विहिवार प्रहरीले उनका श्रीमान नरेश भट्टलाई पक्राउ गरेको थियो ।
काफ्ले सम्पर्कविहीन भएको ५ दिनपछि मात्र उनले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले काफ्लेको शवको खोजी जारी रहेको छ ।