८ बैशाख २०८२, सोमबार
Follow Us

प्रमुख तीन दलका युवा नेताहरू बेलायत आउने

नेपालब्रिटेन डट कम्
२८ भाद्र २०८१, शुक्रबार १२:०४

लण्डन। नेपालका प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादीका युवा नेताहरू बेलायत आउने भएका छन्। नेपाली कांग्रेसका युवा नेता जीतु उपाध्याय तिमल्सिना (क्यानाडा) का अनुसार, उनीहरू बेलायतस्थित इन्टरनेशनल ग्रोथ सेन्टर (आइजीसी) को आयोजनामा लण्डनमा हुने अन्तरपार्टी अन्तरक्रियामा भाग लिन बेलायत आउन लागेका हुन्।

आगामी ३० सेप्टेम्बर देखि १ अक्टोबरसम्म लण्डनमा हुने सो अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री डिना उपाध्याय, नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल, महासमिति सदस्य जीतु उपाध्याय तिमल्सिना (क्यानाडा), नेकपा एमालेबाट प्रमुख सचेतक महेश बर्तौला, पूर्वमन्त्री तथा सांसद योगेश भट्टराई, नेकपा माओवादीकी पूर्वमन्त्री रेखा शर्मा, सांसद माधव सापकोटा सहभागी हुनेछन्। उनीहरू सेप्टेम्बरको अन्तिम सातामा लण्डन उत्रिने तयारी गरेका छन्।

कार्यक्रममा सोमालिया, कंगो, मोजाम्बिक, सियेरा लियोन, सुडान र यमनलगायतका देशका युवा नेताहरू पनि सहभागी हुने आयोजकले जनाएको छ।