काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा भनेका ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शब्दलाई स्थापित गर्न निरन्तर लाग्नु पर्ने बताएका छन ।
महासचिव पोखरेलले ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्न आवाश्यक रहेको पनि बताएका छन ।
संयुक्त राष्ट्र संघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा ‘गैंडाज्’ र ‘डाँफेज्’ शब्द प्रयोग गरेका थिए ।
त्यसपछि सामाजिक सन्जालमा उनलाई ट्रोलको विषय बनाइएको भन्दै उनले आपति समेत व्यक्त गरेका छन । यसै सन्दर्भमा शुक्रबार एमाले महासचिव पोखरेलले प्रधानमन्त्रीलाई अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको गुनासो सामाजिक सन्जाल फेसबुकमा गरेका छन् । तर प्रधानमन्त्री ओलीले केही समय पहिले नेपालमा पनि अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा डाँफे र गैंडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्न उचित हुने विषय उठाएको स्मरण पोखरेलले गरेका छन् ।
त्यसैले ओलीको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको ‘गैंडाज्’ र ‘डाँफेज्’जस्ता शव्दलाई सोही परिप्रेक्षमा बुझ्नुपर्ने उनले बताएका छन् । उनले सामाजिक सञ्जाले फेसबुकमा लेखेका छन, ‘यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन ।
तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन, पोखरेलले फेसबुकमा लेखेका छन्, ‘विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’