काठमाडौँ । कांग्रेस महामन्त्री गगन थापाले नयाँ दलमा मूल नेतृत्वमै समस्या रहेको दाबी गरेका छन्। कांग्रेसले कीर्तिपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले पुराना दलहरूमा पनि समस्या रहेको तर नयाँ दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरे ।
कांग्रेसले कीर्तिपुरमा बिहीबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै परम्परागत थापाले दलहरूमा पनि समस्या रहेको तथा नयाँ दलमा भने टाउकोमै समस्या रहेको टिप्पणी गरे ।
थापाले अहिल्यैदेखि मिसन ८४ को बहस जरुरी नभएको बताए । एएटा चुनाव जितेर अर्को चुनावसम्म चुनावकै मात्र कुरा गेरर देश नबन्ने तर्क उनको थियो । कीर्तिपुरमा कांग्रेसबाट कृष्णमान डंगोल प्रमुखका उम्मेदवार हुन् भने दल र स्वतन्त्र गरी यहाँ २० जना उम्मेदवार रहेका छन ।
यो निर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । आजै कांग्रेससहित माओवादी केन्द्र र नेकपा एमालेले पनि यहाँ चुनावी सभा आयोजना गरेका छन् । सभामा सहभागी हुन शीर्ष नेताहरू कीर्तिपुर पुगेका थिए ।