२० बैशाख २०८१, बिहीबार
Follow Us

चुनाव बिथोल्ने गरी राजपाद्वारा आम हडतालको घोषणा

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०७४, शुक्रबार ११:४१

काठमाडौं । राष्ट्रिय जनता पार्टीले यथास्थितिमा निर्वाचनमा सहभागि नहुने निश्कर्ष निकालेको छ । पार्टीले जेठ ३१ मा हुने स्थानीय तह निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सरकारले धोका दिएको भन्दै आफूहरू निर्वाचनमा नजाने र निर्वाचन हुन पनि नदिने भन्दै पार्टी आन्दोलनमा जान लागेको शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो ।
आज काठमाडौंमा बसेको सो पार्टीको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन र पुराना माग पूरा नभएसम्म निर्वाचनमा जान नसकिने निश्कर्ष निकालेको हो ।
सरकारले सोमबार तराई–मधेसका जिल्लामा २२ वटा स्थानीय तह थप्ने निर्णय गरेपछि राजपा निर्वाचनमा सहभागि हुने अपेक्षा गरिए पनि उसले संबिधान संशोधन र आन्दोलनका अन्य माग सम्बोधन नहुँदासम्म चुनावमा जान नसकिने दोहोर्‍याएको हो ।