२९ पुष २०८१, सोमबार
Follow Us

मिडल्याण्डमा मनाइयो मेल मिलाप दिवस (फोटो फिचर)

नेपालब्रिटेन डट कम्
२२ पुष २०८१, सोमबार २१:३२

लण्डन । मिडल्याण्डस्थित नेपाली समुदायले राष्ट्रिय मेल मिलाप दिवस मनाएका छन्। नेपाली जनसम्पर्क समिति मिडल्याण्डको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले बिपि कोइरालाले अवलम्बन गरेको राष्ट्रिय एकता दिवसको महत्वमा चर्चा गरे।

नेपाली जनसम्पर्क समिति मिडल्याण्डको संयोजकत्वमा हेरिटेज इन्डिया रेस्टुरेन्ट, लेस्टरमा आयोजित यस कार्यक्रममा वेलायतस्थित नेपाली समुदायका विभिन्न अगुवा र प्रतिष्ठित व्यक्तिहरूको उपस्थिती थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व सल्लाहकार विश्व आर्दश पण्डित, नेपालब्रिटेन डटकमको चर्चित व्यक्तिको उपाधि जितेका नारायण फुयाँल, गोमा पौडेल, गैरआवासीय नेपाली संघ इङ्ल्याण्ड राज्य परिषदका अध्यक्ष सम्भु आर्यल, गुल्मी जिल्ला समाजका सल्लाहकार सुरेश केसी, व्यवसायी शंकर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टी बेलायतका सभापति पवन शर्मा लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले राष्ट्रिय एकता र मेलमिलापको महत्व र नेपाली कांग्रेसको भूमिकाबारे आफ्ना विचारहरू व्यक्त गरे। उनीहरूले एकताबद्ध राष्ट्र निर्माणमा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए।

यस अवसरमा पुण्डरी अर्याल, किशोर लामिछाने, शशांक शर्मा, महेश अधिकारी, गोविन्द सापकोटा, राजेशमणी लामिछाने, यम कुमारी कंडेल, शिव तिमिल्सीना, कृष्ण गुरुगं लगायतका प्रमुख व्यक्तिहरू उपस्थित थिए। कार्यक्रमको स्वागत मन्तव्य शरद शाहीले दिएका थिए भने कार्यक्रमको संचालन केशव भण्डारीले गरेका थिए।


फोटो: गोविन्द सापकोटा