काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने काठमाडौँ जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका छन् । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले जिल्ला अदालत काठमाडौँमा धरौटी बापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् ।
काठमाडौँ जिल्ला अदालतका अनुसार लामिछानेले धरौटी बापत बैंक ग्यारेन्टी पेस गरेका छन् । जिल्ला अदालतले सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको थियो । लामिछानेलाई ६० लाख धरौटीमा छोड्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आदेश दिएको हो ।