३ फाल्गुन २०८१, शनिबार
Follow Us

जिबी राईको राहदानी रद्द गर्न अदालतले दियो अनुमति

नेपालब्रिटेन संवाददाता
४ माघ २०८१, शुक्रबार १३:०१

काठमाडौँ । सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । कास्की अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो ।

राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो ।