३ चैत्र २०८१, सोमबार
Follow Us

अछाम एमालेको वडा कमिटी नै भीम रावलको मातृभूमि जागरण अभियानमा समाहित

नेपालब्रिटेन संवाददाता
१२ माघ २०८१, शनिबार ०६:३०

काठमाडौं । एमालेको कारबहीमा परेका पूर्व गृहमन्त्री समेत रहेका नेता डा.भिम रावलले पछिल्लो समय मातृभूमि जागरण अभियानमा सुरु गरेका छन । रावलको यो कदमलाई उनको गृहजिल्ला अछाममा नेकपा एमालेका वडा कमिटी समर्थन गरेको छ ।

डा. भीम रावलको गृहपालिका साँफेबगर नगरपालिकाका वडा कमिटी उक्त अभियानमा समाहित हुन थालेका हुन् । साँफेबगर नगरपालिका–८ को सिंगो वडा कमिटी उक्त अभियानमा समाहित भएको छ ।

एमालेको उक्त वडा कमिटीलाई नै मातृभूमि जागरण अभियानको वडा समितिमा रुपान्तरण गरिएको छ । एमाले वडा कमिटी अध्यक्ष शम्भुबहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

‘एमाले वडा कमिटीका सम्पूर्ण पदाधिकारी मातृभूमि जागरण अभियानमा समाहित भएको घोषणा गर्दै सोही कमिटी उक्त अभियानको तदर्थ समितिमा रुपान्तरण गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ ।