१० बैशाख २०८२, बुधबार
Follow Us

देशमा सुशासन पटक्कै नभएको शेखर कोइरालको टिप्पणी

नेपालब्रिटेन संवाददाता
७ चैत्र २०८१, बिहीबार १३:३५

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. शेखर कोईरालाले देशमा सुशासन नरहेको बताएका छन् ।

बिहीवार काठमाडौंमा गिरिजाप्रसाद कोईरालाको १५ औं स्मृति दिवसका अवसरमा आयोजित गिरिजाप्रसाद र लोकतन्त्र विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै कोईरालाले नेपाली कांग्रेस अहिले सरकारमा रहेको तर सुशासन नरहेको टिप्पणी गरे ।

कोईरालाले सरकार आफूलाई मन लागे योग्यताको आधारमा नभए मन परेको आधारमा कर्मचारी नियुक्ति गर्ने काममा लागेको आरोप समेत लगाए ।

सांसद काईरालाले सरकारलाई खबरदारी गर्ने जिम्मेवारी आफूहरुको भएको भन्दै नेपाल अफ्ठ्यारोमा परेकोबताए । कोईरालाले अबका दिनमा कुनैपनि पार्टीको पछि नलाग्ने बताए ।