४ भाद्र २०८२, बुधबार
Follow Us

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज आन्दोलनको कार्यक्रम तय गर्ने

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०८१, मंगलवार ०६:०१

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) ले आज आन्दोलनको कार्यक्रम तय गर्ने भएको छ ।

आन्दोलनका कार्यक्रम तय गर्न रा.प्र.पा.को आन्दोलन मुल समितिको बैठक आज दिउसो धुम्बाराहीमा बस्दैछ । बैठकमा आन्दोलन मूल समितिको बैठकमा आन्दोलनका प्रस्तावित कार्यक्रम पेश हुने र कार्ययोजनाको मस्यौदाका बारेमा छलफल हुने नेताहरुले बताएका छन् ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पुर्व राजा ज्ञानेन्द्र शाहले देशवासीको नाम दिएको सन्देश तथा फागुन १५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भब्य स्वागत भएपछि उत्साहित राजावादीहरू आन्दोलनका बिभिन्न मोर्चा बनाउने तयारीमै रहेको बेला यो आन्दोलनको परिष्कृत खाका तयार गर्न लागेका हुन् ।

राजवादीहरुले आगामी पन्ध्र गते काठमाडौंमा जनप्रदर्शनको तयारी समेत गरेका छन ।

धेरै पढिएको