२७ असार २०८२, शुक्रबार
Follow Us

दुर्गा प्रसाईंका बडिगार्ड खड्का पनि पक्राउ

नेपालब्रिटेन संवाददाता
२९ चैत्र २०८१, शुक्रबार ०५:५९

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको हो ।

खड्कालाई पनि प्रसाईंसँगै काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइने प्रहरी उच्च स्रोतले जानएको छ । उनीहरुलाई झापाको चन्द्रगढी विमानस्थलबाट साढे ११ बजेको फ्लाइटमा काठमाडौं ल्याइने बताइएको छ ।

प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका जनकमाण्डर प्रसाईंले बिहीबार भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनपछि फरार रहेका प्रसाईंलाई आज भारतीय प्रहरीले नेपाल प्रहरीलाई जिम्मा लगाएको हो ।

धेरै पढिएको