२८ असार २०८२, शनिबार
Follow Us

टी-२० सिरिज : अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड भिड्दै

नेपालब्रिटेन संवाददाता
६ असार २०८२, शुक्रबार ०५:५०

काठमाडौं । स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग टी–२० आई त्रिकोणात्मक श्रृखलाको अन्तिम खेल खेल्दैछ ।

स्कटल्यान्डको ग्लास्गोमा हुने खेल आज राति पौने ८ बजे शुरु हुनेछ । श्रृखलामा दुई जित निकालेको नेपाली टोली अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्यको खोजीमा छ ।

नेपालले पहिलो खेलमा घरेलु टोलीलाई २ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्ससँग पहिलो खेलमा तेस्रो सुपर ओभरमा पुगेर हार भोगेको नेपालले बिहीबार राति भने दोस्रो खेलमा भने ६ विकेटको जित निकालेको छ ।

नेपालसँग पहिलो खेलमा हार भोगेको स्कटल्यान्डको टोली आज त्यही हारको बदला लिर्दै घरेलु भुमिमा जितका साथ सिरिजको बिट मार्ने प्रयासमा छ ।

जारी सिरिजमा नेपाल र नेदरल्यान्ड्सले समान दुई जित निकालेका छन् । स्कटल्यान्डले भने एक खेलमा मात्र नतिजा आफ्नो पक्षमा पारेको छ ।

धेरै पढिएको