काठमाडौं । प्रधानमन्त्री के.पी. ओली पुल उद्घाटन गर्न आज हुम्ला जाँदैछन् । कर्णाली करिडोर अन्तरगत पर्ने खार्पुनाथ गाउँपालिका ५ को च्वाखोला नदीमा निमार्णिधीन बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओेली हुम्ला जान लागेका हुन् ।
प्रधानमन्त्री ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गरेपछि हुम्ला सदरमुकाम औपचारिक रुपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने छ ।
राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामात्रै एउटा जिल्ला हो । २६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमिकोटमा जोडिएको थिएन । यो पुल उद्घाटन भएसँगै हुम्लीवासीको २६ वर्षको प्रतीक्षा पूरा हुनेछ ।