काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङको सुन्दरहरैंचा नगरपालिका–६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विक रहेको प्रहरीले जानकारी दिएको छ ।
विकलाई शनिबार साँझ पक्राउ गरीएका प्रहरीले जानकारी दिएको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । साथै उक्त सम्बन्धमा आवाश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।