१२ श्रावण २०८२, सोमबार
Follow Us

प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशकै उत्कृष्ट प्रहरी उपरीक्षक

नेपालब्रिटेन संवाददाता
१२ श्रावण २०८२, सोमबार १३:४०

पर्सा । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा आयोजित कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र मधेश प्रदेशकै सर्वोत्कृष्ट घोषित हुनु भएको छ ।

गत आर्थिक बर्षमा ९०.१९ प्रतिशत अंक प्राप्त गर्दै पर्सा जिल्ला प्रहरी कार्यालय मधेश प्रदेश कै प्रथम प्रहरी कार्यालय बनेसँगै मिश्र प्रदेशकै सर्वोत्कृष्ट प्रहरी जिल्ला नेतृत्व घोषित हुनु भएको हो ।

प्रहरी उपरीक्षक मिश्रको नेतृत्वमा प्रहरी गत आर्थिक बर्षमा करिब ६० करोड रुपैयाँ बराबरका पर्साले चोरी तस्करीको सामान नियन्त्रण गरेको छ भने फरार रहेका १ हजार ५ सय ११ जना प्रतिवादी पक्राउ गरी फैसला कार्यान्वयनमा उल्लेख्य सफलता हासिल गरेको छ ।

लागुऔषध नियन्त्रण र मानव बेचबिखन विरुद्धको कारबाहीमा पनि पर्सा प्रहरीले उत्कृष्ट काम गरेको छ ।

मिश्रको नेतृत्वमा पर्सामा प्रहरी कार्यालयको भौतिक संरचना सुधारसँगै धार्मिक तथा सांस्कृतिक पर्वहरूमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण भूमिका निभाएको मुल्याङकले देखाएको छ ।

२०७७ देखि सुरु भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा पर्सा जिल्ला प्रहरी कार्यालयले पहिलो पटक सर्वोत्कृष्ट घोषित भएको हो।

धेरै पढिएको