२० श्रावण २०८२, मंगलवार
Follow Us

माओवादी स्थायी समिति बैठकमा आजदेखि नेताहरूले आफ्नो धारणा राख्दै

नेपालब्रिटेन संवाददाता
१७ श्रावण २०८२, शनिबार ०६:३८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आजपनि बस्दैछ । शुक्रबारदेखि शुरु भएको बैठकमा आजदेखि नेताहरूले अध्यक्ष पुष्पकमल दाहालले राखेको प्रस्तावमाथि आ आफ्नो धारणा राख्नेछन् । बैठक आज बिहान ११ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा शुरु भएकाे हाे ।

एजेण्डामाथि छलफल गर्नका लागि प्रत्येक सदस्यलाई १०–१५ मिनेटको समय छुट्याइएको बताइएको छ । छलफल र बहसको आधारमा समय लम्बिन पनि सक्नेछ ।

शुक्रबारबाट शुुरु भएको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष दाहालले नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भाद्र दोश्रो सातापछि पुनः शुरु गर्ने बताए । बैठकमा अध्यक्ष दाहालले अभियानका साथै समाजवादी मोर्चा, पार्टीको आन्तरिक एकता र आगामी केन्द्रीय कमिटीका बारेमा जानकारी गराएका थिए । पार्टीको केन्द्रीय कमिटी बैठक दशै र तिहारको बीचमा बस्ने बताइएको छ ।

बैठकमा अध्यक्ष दाहालले पार्टी भित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टी आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान सचेत समेत गराएका छन् । उनले स्वार्थ समूह विघटन गर्नुपर्ने प्रस्ताव समेत गरेका छन् ।

धेरै पढिएको