२२ आश्विन २०८२, बुधबार
Follow Us

एमाले महासचिव पोखरेलसहितका नेताहरूले गरे पार्टी कार्यालय अनुगमन

नेपालब्रिटेन संवाददाता
३० भाद्र २०८२, सोमबार १०:५०

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल सहितका नेताहरुले आज (सोमबार) खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेका छन् । सोमबार दिउँसो च्यासलस्थित कार्यालय पुगेर उनीहरूले क्षतिग्रस्त बनेको पार्टी कार्यालयको अनुगमन गरेका हुन् ।

गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनपछि एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो । आगजनीपछि एमाले कार्यालय खण्डहर बन्न पुगेको छ ।

पार्टी कार्यालय अनुगमनपछि महासचिव पोखरेलले भदौ २४ गतेको उच्छृंखल कार्यमा संलग्नहरूको पहिचान गरेर कारबाही गर्नुपर्ने तर्क रखेका थिए ।

धेरै पढिएको