१० आश्विन २०८२, शुक्रबार
Follow Us

पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने ‘प्रचण्ड’को घोषणा

नेपालब्रिटेन संवाददाता
१० आश्विन २०८२, शुक्रबार १२:२७

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

यसका साथै उनले पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीले परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउनुपर्ने आवश्यकता औँल्याए ।

उनले भने, ‘अब पुरानै ढंगले चल्दैन, नयाँ कार्यविधि र ढंगबाट अघि बढ्नुपर्छ । संगठनात्मक कार्यशैली मात्र होइन, व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरण आवश्यक रहेको अध्यक्ष ‘प्रचण्ड’को भनाइ थियो ।

बैठकमा उनले नेताको खानपान, लवाइ-खवाइदेखि जनमानससँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के-के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन दिएका छन् ।

धेरै पढिएको