३ मंसिर २०८२, बुधबार
Follow Us

कांग्रेस केन्द्रीय समिति बैठक भोलि बिहान ११ बजे पुनः बस्ने

नेपालब्रिटेन संवाददाता
३० आश्विन २०८२, बिहीबार १२:४८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक भोलि शुक्रबार पुनः बस्ने भएको छ । बैठक बिहान ११ बजे पुनः बस्ने गरी आजको बैठक स्थगित भएको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए ।

आजको बैठक सुरु गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका लागि आएका हस्ताक्षरको बारेमा जानकारी गराएका थिए ।

विशेष महाधिवेशनको माग गर्नेहरूको जोड नियमित महाधिवेशन गर्ने रहेकाले बैठकका क्रममा नियमित महाधिवेशनमा समझदारी हुने जानकारी गराएका थिए । बैठकमा संस्थापन इतरका नेता डा. शेखर कोइराला, केन्द्रीय सदस्यहरू मोहन बस्नेत, राजीव कोइराला लगायतले आ-आफ्नो भनाइ राखेका थिए ।

बैठक २८ असोजमा केन्द्रीय समिति बैठक सुरु भएको हो ।

धेरै पढिएको