१३ कार्तिक २०८२, बिहीबार
Follow Us

सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८२, बिहीबार १३:५४

काठमाडौँ । सरकारले रिक्त राजदूत पदमा अहिले कुनै नियुक्ति नगर्ने भएको छ ।

बिहीबार सिंहदरवारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलले अहिलेको सरकार निर्वाचन सम्पन्न गर्नका लागि अन्तरिम समयका लागि गठन भएकाले नयाँ राजदूत नियुक्त नगर्ने प्रस्ट्याएका हुन् ।

अहिलेका लागि सम्बन्धित देशका नेपाली दूतावासका दोस्रो तहमा रहेका कर्मचारीहरूबाट दूतावासको कामकारबाही सञ्चालन गरिने बताए ।

प्रवक्ता खरेलले परिवर्तित सन्दर्भमा राजदूतहरूले खेलेको भूमिकाका साथै कार्यमूल्यांकनका आधारमा ११ देशबाट राजदूत फिर्ता गर्नुपरेको बताएका छन् ।

धेरै पढिएको