१३ कार्तिक २०८२, बिहीबार
Follow Us

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको विपक्षमा जेन–जी पुस्ता

नेपालब्रिटेन संवाददाता
१३ कार्तिक २०८२, बिहीबार १३:५६

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्कीको आह्वानमा हिजो बुधवार भएको त्रिपक्षीय संवादमा जेनजी पुस्ताका प्रतिनिधिहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको प्रस्तावको प्रतिवाद गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न छलफलमा संवैधानिक राजसंस्था चाहने, संघीयताको विकल्प खोज्ने राजनीतिक शक्तिदेखि प्रत्यक्ष निर्वाचित कार्यकारी, प्रत्यक्ष निर्वाचित प्रधामन्त्रीको पक्षमा रहेका राजनैतिक दलका प्रतिनिधिसम्म सहभागी थिए । यता जेनजीका प्रतिनिधीहरूमा पनि विविध विचार बोक्नेहरू थिए ।

छलफलमा सहभागी जेनजीका १४ प्रतिनिधिमध्ये अधिकांशले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको विपक्षमा वकालत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधीले वैठकमा प्रत्यक्ष निर्वाचित प्रधामन्त्रीको प्रस्ताव समेत प्रस्तुत गरेकोमा जेनजी प्रतिनिधीहरुले त्यसको प्रतिवाद गरेका थिए ।

जेनजी पुस्ताभित्रै राजसंस्थाको आवश्यकता चाहने पक्ष पनि थिए, जेनजी प्रतिनिधीहरूबीच विचारमा विविधता थियो । वर्तमान संविधान बचाएर जानुपर्छ भन्ने मत पनि व्यक्त भएको थियो ।

धेरै पढिएको