काठमाडौं । गोरखामा विद्यालय निर्माणमा खटिएका चिनियाँ नागरिकमाथि खुकुरी प्रहार भएको छ । सहिद लखन गाउँपालिका-४ स्थित सिँजाली माविको भवन निर्माणमा खटिएका चिनियाँ नागरिक थोङमाथि आइतबार राति सवा ८ बजेतिर खुकुरी प्रहार भएको हो ।
उनलाइ सोही विद्यालय निर्माणमा खटिएका स्थानीय कामदार मिलन आलेले खुकुरीले प्रहार गरेका थिए । आले भवन निर्माणमा खटिने कामदारहरूलाई खाना बनाउने गर्थे भे थोङ लजिस्टिक इन्जार्च हुन् ।
टाउकामा गम्भीर चोट लागेका उनलाई उपचारका लागि गोरखा अस्पताल पठाइएको उनले बताए । सोही समयमा रसुवा घर भएका अर्का एक जना कामदारलाई पनि आलेले आक्रमण गरेका छन् । उनको पनि ढाड, कान र गालामा चोट लागेको वडाध्यक्ष थापाले बताए ।
उनलाई पनि उपचारका लागि गोरखा अस्पताल पठाइएको छ । घटनास्थलमा प्रहरी पुगिसकेको र फरार रहेका आक्रमणकारी आलेको खोजी भइरहेको गोरखा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।