१० पुष २०८२, बिहीबार
Follow Us

निवर्तमान गृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

नेपालब्रिटेन संवाददाता
१० पुष २०८२, बिहीबार १३:३७

काठमाडौँ । निवर्तमान गृहमन्त्री रमेश लेखकले भाद्र २३ र २४ गतेको घटनाबारे बयान दिने भएका छन् । बिहीबार केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले सोमबार जाँचबुझ आयोगमा गएर बयान दिने बताए ।

‘भाद्र २३ र २४ गतेको घटनाबारेमा जाँचबुझ गर्न गठित आयोगले मलाई घटनाबारे जानकारी लिन बोलाएको छ । मैले आयोगमा जाने निर्णय गरेको छु, उहाँहरूले भोलिलाई भनेर बोलाउनुभएको रहेछ । मैले सोमबार आउँछु भनेको छु । १४ गते सोमबार म जान्छु,’ लेखकले भने ।

आयोगले भोलि बोलाएको तर आफू सोमवार मात्रै जाने उनले बताए ।

धेरै पढिएको