१४ पुष २०८२, सोमबार
Follow Us

प्रहरी प्रधान कार्यालयका हबल्दार बुद्धनगरस्थित डेरामा मृत फेला

नेपालब्रिटेन संवाददाता
१४ पुष २०८२, सोमबार ०६:१०

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत एक सुरक्षाकर्मी काठमाडौंको बुद्धनगरस्थित आफ्नै डेरामा मृत अवस्थामा भेटिएका छन् । सहायक हबल्दार पदमा कार्यरत बलबहादुर थापा सोमबार बिहान मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, थापालाई आज बिहान उनकै कोठामा पासो लागेको अवस्थामा फेला पारिएको थियो । घटनालगत्तै उनकी श्रीमतीले पासो काटी उद्धार गरेर नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर, अस्पताल पुर्‍याउनुअघि नै उनको मृत्यु भइसकेको भन्दै चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी पवन भट्टराईले घटनाको पुष्टि गर्दै मृतकको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए पनि मृत्युको यकिन कारण खुल्न सकेको छैन,’ एसपी भट्टराईले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

धेरै पढिएको