९ माघ २०८२, शुक्रबार
Follow Us

कांग्रेससँग विशेष महाधिवेशबाहेक अर्को विकल्प छैन – महाधिवेशनपक्षधर

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८२, शुक्रबार ०६:१३

काठमाडौँ– महाधिवेशनपक्षधरले कांग्रेससँग विशेष महाधिवेशनबाहेक अर्को विकल्प नभएको बताएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुअघि अनामनगरमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले यस्तो बताएको हो।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार नियमिति महाधिवेश स्थगित गर्दै विशेष महाधिवेशन हुने जानकारी गराएका थिए। उनीहरूले विशेष महाधिवेशन हुने घोषणा गरेसँग पार्टीभित्र विवाद सृजना भएको छ।

यसैसन्दर्भमा विशेष महाधिवेशशनपक्षधरले शुक्रबार बिहान पत्रकार सम्मेलन गर्दै अब पार्टीसँग विशेष महाधिवेशनको विकल्प नरहेको बताएको हो।

कांग्रेसमा केही स्वार्थ समूह पार्टी नेतृत्वमा रहिरहने आकांक्षाका कारण नियमित महाधिवेशन नभएको पनि पत्रकार सम्मेलन गरेर आरोप लगाइएको छ।

धेरै पढिएको