लन्डनको फेल्थामस्थित भिक्टोरिया रोडमा सोमबार साँझ करिब ५ बजे भएको हिंसात्मक घटनामा १८ वर्षीय युवकको ज्यान गएको छ। घटनापछि ठूलो मात्रामा आपतकालीन सेवा टोली घटनास्थलमा परिचालन गरिएको थियो।
घाइते अवस्थामा ती युवकलाई तत्काल अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको माइलन्डनले जनाएको छ। उनीमाथि धारिलो हतियारबाट आक्रमण भएको आशंका गरिएको छ।
मृतकको नाम हालसम्म सार्वजनिक गरिएको छैन। तर उनको परिवारलाई जानकारी गराइसकिएको र विशेषज्ञ प्रहरी अधिकारीहरूबाट आवश्यक सहयोग प्रदान गरिएको मेट्रोपोलिटन प्रहरीले पुष्टि गरेको छ।
घटनासँग सम्बन्धित हालसम्म कसैलाई पनि पक्राउ गरिएको छैन। प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ। घटनास्थल नजिकैको फेल्थाम हाई स्ट्रिटमा थुप्रै आपतकालीन सवारी साधनहरू पार्क गरिएको दृश्य देखिएको छ।