७ माघ २०८२, बुधबार
Follow Us

झापा-५ मा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित: ओली

नेपालब्रिटेन संवाददाता
७ माघ २०८२, बुधबार १३:११

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा रास्वपाका वरिष्ठ नेता बालेन साहप्रति टिप्पणी गरेका छन्।

ओलीले उक्त क्षेत्रमा बालेन साह उम्मेदवारका रूपमा मात्र सीमित रहने दाबी गरेका छन्।

झापा-५ मा आयोजित युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजनीतिक नेतृत्वका लागि स्पष्ट दृष्टिकोण आवश्यक हुने उल्लेख गरे। उनले आफूले नयाँ भएको दाबी मात्र पर्याप्त नहुने भन्दै विचार, नीति र योजनाबिनाको राजनीतिले परिणाम नदिने धारणा राखे।

भेलामा सम्बोधनका क्रममा ओलीले बालेन साहसँग दीर्घकालीन सोच र स्पष्ट कार्ययोजना नभएको आरोप पनि लगाए। उनले विकास र पूर्वाधार निर्माणमा आफ्नो भूमिकाको चर्चा गर्दै व्यक्तिगत उदाहरणसमेत प्रस्तुत गरेका थिए।

धेरै पढिएको