२९ फाल्गुन २०८२, शुक्रबार
Follow Us

एनआरएनएको १२औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन्छः डा. बद्री केसी

नेपालब्रिटेन संवाददाता
२९ फाल्गुन २०८२, शुक्रबार १३:३३

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को १२ औँ महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने दाबी गरिएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एनआरएनएका अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठ लगायतले फागुन ३० गतेबाट शुरु हुने सो महाधिवेशनको नेतृत्व सहमतीमा चयन गर्ने बताएका हुन् ।

अध्यक्ष केसीले अध्यक्ष लगायतका पदमा सर्वसम्मत हुने र केही पदमा सर्वसम्मति नभए मात्रै निर्वाचनमा जाने गरी आफूहरुले सहमतीको प्रयास जारी राखेको समेत बताए ।

उनले भने ‘सबै विमतिहरु टुंगिएका छन् । यद्यपि अहिले यो एकताको सुरुवात मात्रै हो । जसरी गैर आवासीय नेपाली संघको जन्म भएको थियो । अव यसको पुनर्जन्म हुन्छ । अब यो संस्थाले सबै नेपालीहरुलाई एकसाथ जोडेर सबैलाई संस्थाको अपनत्व हुनेगरी अगाडि बढ्छ । यसका लागि धेरै गृहकार्यहरु भइसकेका छन् । हाम्रो अघि प्रेस मिटमा निर्वाचन तालिका उल्लेख गरिएको छ । हामी सायद निर्वाचन गर्दैंनौ होला ।’

सहमतीबाट नेतृत्व चयनका लागि अध्यक्षका प्रत्यासी रोविन शेरचनले उम्मेदवारी फिर्ता लिएका छन् । अध्यक्ष केसीले अध्यक्षको तीन जना प्रत्यासीहरुमध्ये २ वटा प्रत्यासीको बीचमा सहमती भइसकेको जानकारी दिए । उनले एनआरएनएहरुबीचको एकतालाई बलियो बनाउन पनि आफूहरुले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाएको समेत बताए । भोलिबाट काठमाडौंमा शुरु हुने महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछन् ।

धेरै पढिएको