९ चैत्र २०८२, सोमबार
Follow Us

एन्फाले भन्यो : नेपाल–हङकङ खेलको लागि राखेपले स्वीकृति दिएको छैन

नेपालब्रिटेन संवाददाता
९ चैत्र २०८२, सोमबार ०५:४२

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको छ ।

एन्फाले सोमबार बिहान विज्ञप्ति जारी गर्दै यही चैत १२ गतेका लागि तय भएको नेपाल र हङकङबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको लागि राखेपबाट कुनै आधिकारिक स्वीकृति नआएको प्रष्ट पारेको हाे ।

एन्फाले विज्ञप्तिमार्फत खेल सञ्चालनका लागि दशरथ रंगशालाको मर्मत सम्भारदेखि आवश्यक स्वीकृति समयमै नपाएको दाबी गरेको छ । आइतबार दिउँसो विज्ञप्ति निकाल्दै राखेपले दशरथ रंगशाला उपलब्ध नगराएको भन्दै एन्फाले नेपाल र हङकङ बीचको खेल रद्द भएको जनाएको थियो ।

साथै नेपालले हङकङ फुटबल संघलाई पठाएको पत्रमा नेपालका राजनीतिक तनावका कारण खेल रद्द भएको जानकारी गराएको थियो । तर, आइतबार साँझ नै राखेपले एन्फाको विज्ञप्तिको खण्डन गर्दै समयमै दशरथ रंगशालाको स्वीकृति दिएको जनायाे । त्यसको भोलिपल्ट एन्फाले फेरि विज्ञप्ति निकाल्दै राखेपकै पत्रको खण्डन गरेको हाे ।

धेरै पढिएको