१४ जेष्ठ २०८३, बिहीबार
Follow Us

हर्क साम्पाङद्वारा कुलमान घिसिङसँग पार्टी एकताको प्रस्ताव

नेपालब्रिटेन संवाददाता
१४ जेष्ठ २०८३, बिहीबार १०:२३

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग राजनीतिक एकता गर्ने प्रयास अघि बढाएका छन्।

साम्पाङले उक्त पार्टीका अध्यक्ष कुलमान घिसिङलाई एकता तथा सहकार्यका लागि औपचारिक प्रस्ताव पठाइएको जानकारी दिएका छन्। उनका अनुसार बुधबार नै वार्ताका लागि निमन्त्रणा पठाइएको हो।

सामाजिक सञ्जालमार्फत उनले विभिन्न राजनीतिक दल र नेताबीचको सहकार्य सम्भव भएको उदाहरण प्रस्तुत गर्दै आफू र घिसिङबीच पनि एकता सम्भव हुने धारणा व्यक्त गरेका छन्।

साम्पाङले राजनीतिक सहकार्यलाई सामान्य प्रक्रियाका रूपमा हेर्नुपर्ने उल्लेख गर्दै आपसी संवादमार्फत मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।

यसअघि उनले पूर्वमन्त्री सुदन किराँतीलाई पनि आफ्नो पार्टीमा समावेश गराइसकेका छन्।

धेरै पढिएको