काठमाडौं । सर्बदलीय बैठक पछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राष्ट्रपति निवास पुगेका छन । राष्ट्रपति कार्यालयका अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेट गरेका हुन ।
सो क्रममा सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले बुधवार जनाएको छ ।