१८ श्रावण २०८३, सोमबार
Follow Us

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

नेपालब्रिटेन संवाददाता
१८ श्रावण २०८३, सोमबार ०६:४२

काठमाडौं । नेपाल शिक्षक महासंघले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासचिव तुलाबहादुर थापाका अनुसार महासंघको परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरेको हो । ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ। आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्छ’, उनले भने ।

शिक्षा ऐनको माग, नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासंघले फरक मत राखेको छ । ‘शिक्षा ऐन जारी हुनुपर्छ । दशौं संशोधनमा भएका प्रावधान राम्रो छैन’, उनले भने ।

शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने माग महासंघले राख्दै आएको छ ।

धेरै पढिएको