डायस्पोरा

बेलायतमा श्री सत्य साई बाबाको १०१ औँ जन्मजयन्ती मनाइँदै

लन्डन । श्री सत्य साई बाबाको १०१औँ जन्मजयन्तीको अवसरमा फेल्थममा विशेष प्रार्थना तथा भजन–कीर्तन कार्यक्रम आयोजना हुने भएको छ।

नेपाली साई परिवार, फेल्थम, यूकेको आयोजनामा आगामी सन् २०२६ नोभेम्बर २८ शनिबार उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।

कार्यक्रम फेल्थमस्थित डान्स स्टुडियो, २ ब्राउवेल्स लेन (2 Browells Lane, Feltham, TW13 7EF) मा सञ्चालन हुनेछ। आयोजकका अनुसार दिउँसो १ बजे भक्तिमय कार्यक्रम र १:३० बजेदेखि भजन कार्यक्रम सुरु हुनेछ।

श्री सत्य साई बाबाको आध्यात्मिक सन्देश, प्रेम, सेवा र मानवताको भावनालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा भक्तजन तथा श्रद्धालुहरूलाई परिवारसहित उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन आयोजक नेपाली साई परिवारले हार्दिक निमन्त्रणा गरेको छ।

‘सबैलाई प्रेम गरौँ, सबैको सेवा गरौँ, कसैलाई कहिल्यै दुःख नदिऔँ’ भन्ने श्री सत्य साई बाबाको सन्देशलाई आत्मसात् गर्दै कार्यक्रम भक्तिमय र स्मरणीय बनाउने अपेक्षा गरिएको छ।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता