ब्रेकिङ न्युज

एयरपोर्टबाट दुई किलो सुन बरामद, पक्राउ परे दुई चिनियाँ महिला

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलोभन्दा धेरै सुनसहित दुईजना चिनियाँ महिला पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ छन् ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्समार्फत मंगलबार राति काठमाडौं आइपुगेका उनीहरूलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले समातेको हो । 

प्रहरीका अनुसार उनीहरुको साथबाट दुई किलो ३४८ ग्राम तौल बराबरको सुन बरामद भएको छ ।

बरामद भएको सुन र पक्राउ परेका महिलाको विषयमा थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । उनीहरूलाई थप कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रहरीले जनाएको छ।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम