बाजुरामा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु, चार जना घाइते
बाजुरा । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु र चार जना घाइते भएका छन् । शुक्रबार राति जिल्लाको पुर्वि उत्तर क्षेत्रमा रहेको जगनाथ गाउँपालिको पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सु.प.प्र.०१–००२ त ४६८७ ट्याक्टर जगन्नाथ गाँउपालिका वडा नं. –३ दाउणामा दुर्घटना भएको हो ।
दुर्घनामा परी जगन्नाथ गाउँपालिका–३ मनिकाँडा अन्दाजी ४५ वर्षका धनरुप शाही, ३५ वर्षका धर्म शाही र ५२ वर्षीया नामसरा देवि शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी गगनसिह भाटले बताए ।
अछामको रामारोसन गाउँपालिका –४ बस्ने अन्दाजी वर्ष २१ को नवीन बोहराले चलाउँदै गरेको सो ट्क्याटर अचानक अनियन्त्रित हुँदा सडक भन्दा करिब पाँच सय मिटर तल खसेको थियो ।
दुर्घटनामा जगन्नाथ–३ मनिकाँडा बस्ने अन्दाजी ४० वर्षकी बिउरा ओड, ४५ वर्षीया सिद्धा ओड, २२ वर्षकी सङ्गीता शाही र २१ वर्षीय चालक नवीन बोहरा घाइते भएका छन् ।

