३१ बैशाख २०८१, सोमबार
Follow Us

‘क्षेत्राधिकार बढाईदेउ, भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो भयो’

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७४, शुक्रबार १६:११

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धन आयोगले क्षेत्राधिकार संकुचन हुँदा भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको गुनासो गरेको छ ।

व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिसँग आज भएको छलफलमा आयोगका पदाधिकारीले सबै किसिमका अनियमितताको अनुसन्धान गर्ने अधिकार अख्तियारलाई नदिँदासम्म भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी नहुने दावी गरेका हुन् ।

छलफलमा अख्तियारका प्रमुख आयुक्त दीप बस्न्यातले सवै तहबाट भएका र हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो दायित्व सरकारकै भएको बताए ।

समितिका सभापति मोहनसिंह राठौरले भने क्षेत्राधिकार संकुचन गर्दा विधि र प्रक्रिया नै कमजोर हुने भन्दै आयोगलाई सवल र सक्षम बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । समितिका सदस्यहरुले पनि सबै किसिमका भ्रष्टाचार छानविन गर्ने गरी आयोगको भूमिकालाई अझ बढी प्रभावकारी र विश्वसनीय बनाउनुपर्नेमा जोड दिएका थिए ।