२६ बैशाख २०८१, बुधबार
Follow Us

अक्षयकोषमा रु तीन लाख सहयोग

नेपालब्रिटेन डट कम्
१८ कार्तिक २०७४, शनिबार १३:२६

पोखरा । सहारा एकेडेमी सञ्चालनार्थ स्थापना गरिएको अक्षयकोषमा रु तीन लाख तीन हजार ४२० थपिएको छ । पोखरा–लेखनाथ महानगरपालिका–१७ दोबिल्लामा सहारा क्लब पोखराले सञ्चालन गरेको सो अक्षयकोषमा क्लबका सल्लाहकार लोकबहादुर गुरुङले रु एक लाख तीन हजार ४२० तथा मुक्षेत्र गुरुङ र जगन गुरुङले जनही रु एक÷एक लाख सहयोग गर्नुभएको क्लबका अध्यक्ष केशव थापाले जानकारी दिनुभयो ।
अहिलेसम्म अक्षयकोषमा रु एक करोड २५ लाख पुगेको छ । एकेडेमिमा विपन्न र कठिन अवस्थामा रहेका १६ जिल्लाका २८ जना बालकले निःशुल्क आवासीय शिक्षा, स्वास्थ्य र खेलकूदका सुविधा पाइरहेका छन् ।
अक्षयकोषलाई बढाउँदै रु दुई करोड भन्दा बढी पु-याउने क्लबको लक्ष रहेको छ ।