काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन लाख रुपैया घुस सहित प्रहरीका असईलाई काठमाडौंको बालाजुवाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत असई रमेश खड्का रहेका छन् । बुटवलमा कार्यरत हुँदा लेनदेनको विषयलाई लिएर फस्र्यौट भएको कागजात खड्काले आफैंसंग राखेका थिए । सम्बन्धित व्यक्तिले सो कागजात माग गर्दा बार्गेनिङ गरेको उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका खडकालाई आवश्यक कारवाहीका लागि हिरासतमा राखिएको अख्तियारले जानकारी दिएको छ ।