४ भाद्र २०८२, बुधबार
Follow Us

सलमानले लेखे नेपालीलाई लक्षित गर्दै स्टाटस

nepalbritain news
२५ माघ २०७४, बिहीबार ०५:१०

काठमाडौँ । बलिउड अभिनेता ‘दबंग ब्वाई’ सलमान खान ‘दबंग द टुर’ अन्तर्गत नेपाल भ्रमणमा आउन लागेका छन्। नेपाल भ्रमणमा आउन लागेका सलमानले नेपालीहरुलाई लक्षित गर्दै बुधबार एउटा ट्वीट र फेसबुक स्टाट्स पोस्ट गरेका छन्। उनको उक्त पोस्टमा धेरै नेपालीले कमेन्ट र लाईक गरेका छन्।

उनले स्टाट्समा लेखेका छन्, ‘नेपाल अब आपकी बारी स्वाग से स्वागत नही करोगे हमारा’ अर्थात ‘नेपाल अब तपाईको पालो स्वागतले स्वागत गर्ने होईन हाम्रो’ । सलमानले उक्त स्टाट्स दबंगको डायलग शैलीमा पोस्ट गरेका छन्।

सलमानको यो नेपाल भ्रमण दोस्रो हो। यसअघि उनी सन् १९९४ मा नेपाल आएका थिए। यसपटक उनी आउँदो मार्च १० मा बिहान त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिनेछन्। उनको नेपाल भ्रमण तीन दिनको हुनेछ। उनले उक्त बसाईमा विभिन्न किसिमका सांगीतिक कार्यक्रम प्रस्तुत गर्नेछन्।

सलमान खानसँगै दबंगकी अभिनेत्री सोनाक्षि सिन्हा, कृति सेनन, डेजी शाह, कोरियोग्राफर प्रभू देवा, मनिस पोल, मिट ब्रोज काठमाडौ‌ंको टुँडीखेलमा दर्शकहरुलाई मनोरञ्जन गराउने छन ।
-डिसी नेपालबाट ।

धेरै पढिएको