काठमाडौं । संघीय समाजवादी फोरमले सरकारमा सहभागी हुने विषयमा आज पनि छलफल गर्दै छ । हिजो प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डसँगको बालुवाटारमा भेटपछि फोरम अध्यक्ष उपेन्द्र यादवले आफ्नो दलका नेतासँग छलफल गर्नु भएको थियो । फोरम सरकारमा सहभागी हुन तयार भएको खबरहरु आएपनि फोरमका नेताले भने, अझै केही कुरा मिल्न बाँकी रहेको बताएका छन् । फोरमका नेता रामसहाय यादवले सरकारमा सहभागि हुने विषयमा राजनीतिक सहमति हुन बाँकी रहेको जानकारी दिनु भएको छ ।