 nepalbritain news
                    nepalbritain news 
            
            बागलुङ जिल्लाकाे बडिगाड गाउँपालिका वडा -१० निगलपानीमा डाेजरमाथी दुङ्गा खस्दा चालक र सह चालकको घटना स्थलमै  मृत्युु भएकाे छ।
ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानामगरका अनुसार मंगलबार दिउँसो ३ बजेको समयमा बा २ क ८४२१ नंबरको डाेजर माथी ढुङ्गा खसेको बताएकाे छ  । मृत्युु हुनेमा डाेजरका चालक  तमानखाेला गाउँपमलिका – ५ खुखानीका बर्ष ३२ का प्रेम श्रीपाली र ढाेरपाटन नगरपालिका -४ खंुगाका बर्ष ३२ कै गिर प्रसाद फगामी रहेकाे रानाले बताए ।
दिउसाे ३ बजेकाे समयमा गंगरे हुदै भिमगिठे जाेड्ने माेटर बाटाे खन्दै गरेकाे अवस्थामा एकासी माथीबाट ढुङ्गा खस्दा साे दुर्घटना भएकाे प्रत्यक्षदर्शीले  वताएका छन ।
रानाका अनुसार डाेजर सगै रहेका सहचालक फगामीकाे शव निकालिएपनि चालक श्रीपालीकाे शव भने पुरिएकाले मेसिन ल्याएर मात्र  निकालिने  बताए । शव निकालेपछि  बुर्तिबाङ स्वास्थ्य केन्द्रमा पाेस्माटमका लागिने उनले बताए ।