१० मंसिर २०८२, बुधबार
Follow Us

ठगी गर्ने गिरोहका दूई जना पक्राउ

nepalbritain news
६ बैशाख २०७५, बिहीबार १२:१७

काठमाडौं। काठमाडौंको नागर्जुनमा नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। नक्कली सुन देखाएर ठगी गरेको आरोपमा रामेछाप दोरम्बा घर भई हाल भक्तपुर सल्लाघारी बस्ने वर्ष ३० का अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान पक्राउ परेका हुन्।

सोही घटनामा संलग्न झापाका कर्ण लिम्बुको भने खोजी भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए। बिहीबार पत्रकार सम्मेलन गरी उनले काभ्रे बनेपा घर भई हाल भक्तपुर सुर्य विनायक बस्ने राजेन्द्र थापाले आफू ठगिएको उजुरी दिएपछि खोजतलास गर्दा उनीहरु पक्राउ परेको जानकारी दिए।

१ केजी सुनजस्तो देखिने धातुलाई सुन हो भनी भ्रममा पारी थापासँग उनीहरुले २८ लाख ६० हजार ठगी गरेका थिए। पक्राउ परेका तामाङ र मोक्तानलाई ठगी मुद्दा अन्तरगत कार्वाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

धेरै पढिएको