२७ बैशाख २०८१, बिहीबार
Follow Us

आजदेखि बजेट अधिबेशन

नेपालब्रिटेन संवाददाता
२३ बैशाख २०७५, आईतवार ०४:५७

काठमाडौं । संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गतेबाट संघीय संसद्को अधिवेशन आह्वान गरे अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको बैठक आइतबार दिउँसो ४ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार दुवै संसद्का बैठकमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ । यस्तै बैठकमा आ–आफनो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिनुभयो ।

वैशाख २६ देखि २८ गतेसम्म प्रि–बजेट विनियोजन विधेयकमा छलफल र जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची संसद् सचिवालयले तय गरेको छ । जेठ १५ गते संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।